सत्यमोहन जोशीको स्वास्थ्य गम्भीर

सँस्कृतिविद एवम् वाङ्गमय शताव्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार नभएपछि आईसीयू कक्षमा सारिएको छ । ललितपुरको किष्ट मेडिकल कलेजले जोशीको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै उनलाई आईसीयूमा राखेर उपचार थालिएको जानकारी दिएको हो ।

अस्पतालका निर्देशक प्रा। डा। सुरज बज्राचार्यले जारी गरेको विज्ञप्तिअनुसार उनको स्वास्थ्यमा सुधार देखिएको छैन् । उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.