सम्मेलनमा विदेशी लगानीकर्ताको उपस्थिति कोशेढुंगा हुनेछ : अध्यक्ष अग्रवाल

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको लगानी सम्भावनालाई यथार्थमा बदल्न एक्लै सम्भव नभएको बताएका छन। चेम्बर अध्यक्ष अग्रवालले तेस्रो लगानी सम्मेलनमा सम्बोधन गर्दै विदेशी लगानीकर्तालाई रणनीतिक लगानी, नवीनता, दीर्घकालीन सहकार्य र प्रतिबद्धता आवश्यक पर्ने बताएका हुन्।

ुतपाईंहरूको उपस्थिति नेपालको आर्थिक रूपान्तरणको लागि इन्स्ट्रुमेन्टल लगानी गर्ने तपाईंको आत्मविश्वास समृद्ध नेपाल निर्माणको कोशेढुंगा हुनेछ,ु उनले भने, ुपरिवर्तनशील विश्व आर्थिक परिवेशमा नेपालजस्तो अर्थतन्त्रमा इन्धन भर्नुपर्ने आवश्यकता छ। पारस्परिक साथ र सहयोगले नेपालीको वृद्धि बढाउनेछ।ु

उनले जलविद्युत हरित हाइड्रोजन, पर्यटन उत्पादनमूलक उद्योग वन जडिबुटी नेपालको उच्च प्रतिबद्ध लगानी गन्तव्य रहेको बताए। उनले नेपाल जनसांख्यिक लाभ स् ५७ प्रतिशत सक्रिय जनसंख्या रहेको देश भएको बताए। ऊर्जावान र सस्तो श्रमिक, रणनीतिक भुगोल ९चीन र भारतमा एकतिहाइ जनसंख्या०, विश्वको नवौं ठूलो रेमिट्यान्स प्राप्त गर्ने देश, उच्च खर्चयोग्य आय भएको मुलकले नेपालमा उपभोगी जनसंख्या रहेको अर्थ दिने तथा नेपाल घुम्नैपर्ने गन्तव्य रहेको देश पनि नेपाल रहेको उनको भनाइ थियो।

समाजवादउन्मुख बजार अर्थतन्त्रका हामी निजी क्षेत्रमा सरकारको प्रतिबद्धता रहेको उनले बताए। ुनयाँ प्रवेश र सहज निवेश छ,ु उनले भने, ुलगानी प्रतिफल फिर्ता लैजान सजिलो छ। नीति नियमलाई समयसापेक्ष संशोधन गरि सबल लगानी संवाहक गन्तव्य बनेको छ।ु

सम्बन्धित
Leave A Reply

Your email address will not be published.