सर्लाहीमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोड चोकमा आज बिहान ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।

आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.