सवारी दुर्घटनामा चार जनाको मृत्यु

सल्यान शारदा नगरपालिका(१० नयाँगाउँमा रा१ ह २२१९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर सोमबार साँझ दुर्घटना हुँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा कालिमाटी गाउँपालिका(१ बस्ने ७० वर्षीया कमला पुन र ३० वर्षीया धनी पुन रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका ५ जनामध्ये २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ३ जनालाई थप उपचारका लागि मेडिकल कलेज नेपालगंजमा पठाइएको छ ।

तनहुँ शुक्लागण्डकी नगरपालिका(८ लालिमस्थित सडकमा ग१० प ६४५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका(१० बस्ने २५ वर्षीय चेतमान सिंह आलेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपि कोईराला राष्ट्रिय श्वास९प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१८ कठाएत चोकमा ना।५ च २९९ नम्बरको गाडिले बा ४४ प ३८०२ नम्बरको मोटरसाइकललाई सोमबार राति ठक्कर दिँदा मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका(१ बस्ने ३१ वर्षीय धर्मेन्द्र राम थारुको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.