सवारी दुर्घटना हुँदा बालकको मृत्यु

रोल्पा नगरपालिका–२ घट्टेखोलास्थित सडकमा रा १ ह ३०२२ नम्बरको अटो बिहीबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटोमा सवार रोल्पा नगरपालिका–२ मुलपानी बस्ने २८ वर्षीया ललिता घर्तीको १५ महिने छोरा अनमोल घर्ती रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मध्ये तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.