सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय


फिल्म हल, पार्टी प्यालेस र रंगशाला बैशाख मसान्तसम्म बन्द

सरकारले सहरी क्षेत्रमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार सहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

‘सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ ,’ सरकारका प्रवक्त पार्वत गुरुङले भने । त्यस्तै रात्रिकालीन व्यवसाय,सिनेमा हल, पार्टी प्यालेस, जिमखाना, रंगशाला लगायत भिडभाड हुने क्षेत्रहरु समेत बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.