सिटिजन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस र नगद कति?

सिटिजन लाइफ इन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।

कम्पनीले २६।९८ प्रतिशत बोनस सेयर र १।४२ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० गरी कुल २८।४० प्रतिशत लाभांश घोषणा गरेको छ।

कम्पनीको आइतबार बसेको सञ्चाल समितिको बैंठकले सेयर प्रिमियममा रहेको रकमबाट लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी विशेष साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रूपैयाँ रहेको छ। बोनस वितरणपछि उक्त पुँजी ५ अर्ब रूपैयाँ पुग्नेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.