सूर्याज्योति लाइफको लाभांश घोषणा, ३५ प्रतिशत नगद र बोनस सेयर दिने

सूर्याज्योति लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश छ । कुल १ अर्ब ५९ करोड रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरिएको कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । यो लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुने कम्पनीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.