सिद्धार्थ बैंकको महिला स्वास्थ्य लक्षित ‘पिंक डेबिट कार्ड’ सञ्चालनमा

सिद्धार्थ बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा महिला स्वास्थ्यमा योगदान पुर्‍याउने उद्देश्यले सिद्धार्थ नारी बचत खाताका ग्राहकहरूलाई पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ।

महिलालाई लक्षित यस कार्डमार्फत् गरिएको खरिदमा बैंकले कारोबार रकमको ०।१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्नेछ।

यो नवीनतम योजनाले नगदरहित कारोबारलाई प्रोत्साहन गर्नुका साथै महिला स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्नका लगि अहम भूमिका खेल्ने बैंकले विश्वास लिएको छ।

यस कार्डकोबारे विस्तृत जानकारीका लागि सिद्धार्थ बैंकको नजिकैको शाखा कार्यालय वा बैंकको वेबसाइट वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा निम्न उल्लेखित कुनै पनि माध्यमहरूबाट सम्पर्क गरी प्राप्त गर्न सकिने बैंकको भनाइ छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १९६ वटा शाखा ९५ एक्सटेन्सन काउन्टर सहित०, ७३ शाखारहित बैंकिङ सेवा र २२६ एटिएममार्फत् उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.