लक्ष्मी सनराइज बैंकको दुई शाखा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका दुई वटा शाखाहरू स्थानान्तरण गरेको छ।

काठमाडौं महानगरपालिकाको महाराजगञ्जमा अवस्थित २ शाखामध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित सूर्यविनायक नगरपालिकाको वडा न। २, बालकोटमा स्थानान्तरण गरिएको छ।

त्यसैगरी, काठमाडौं महानगरपालिकाको पेप्सिकोलामा अवस्थित २ मध्ये १ शाखा अब भक्तपुर जिल्ला स्थित मध्यपूर ठिमी नगरपालिकाको वडा न। ८, बोडेमा स्थानान्तरण भएको छ।

स्थानान्तरण गरिएका साविकका महराजगञ्ज र पेप्सिकोला शाखाका ग्राहकहरूले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत् सेवा लिन सक्नेछन्।

स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरू माझ बैंकिङ सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ।
हाल बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटिएम, २८ एक्स्टेन्सन काउन्टर र १३२ शाखारहित बैंकिङ एजेन्ट रहेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.