सुनको मूल्यले तोड्यो रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । गत बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँ कायम भई नयाँ रेकर्ड कायम गरेको थियो । उक्त मूल्यको रेर्ड ब्रेक गर्दै आइतबार सुनको मूल्य हालसम्मकै उच्च मूल्य कायम भएको छ ।

शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २० हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १५ सय ४५ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.