सुनको मूल्यले नयाँ रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

नेपाली बजारमा सुनको मूल्यले निरन्तर रेकर्ड बनाइरहेको छ । आज तोलामा १८ सय रुपैयाँ बढेर सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन तोलामा एक लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा एक लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.