सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य मंगलबार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी आज प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.