हर्बल उत्पादक संघको अध्यक्षमा राई निर्विरोध निर्वाचित

काठमाडौँ । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ ९नेहपा० को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् ।

काठमाडौँमा सम्पन्न संघको १८ औँ वार्षिक साधारण सभाले उनलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसैगरी महासचिवमा प्रवीणकुमार बास्तोला चयन भएका छन् ।

अध्यक्ष राई नेपाली कागजका विभिन्न सामग्री र जडीबुटीका सुगन्धित तेललगायतका सामग्री निर्यात गर्दै आएको हिमालयन बायो ट्रेड प्रा।लि।का प्रबन्ध निर्देशक हुन् । संघको नयाँ कार्य समितिमा हिमालय हर्ब्सकी लैकु लामा वरिष्ठ उपाध्यक्ष, अन्नपूर्ण एरोमा कम्पनी प्रालिका प्रसुन सत्याल प्रथम उपाध्यक्ष, कन्हैया स्टोर्सका नवराज शर्मा द्वितीय उपाध्यक्ष, जयकाली जुडिबुटीका शोभाकान्त बस्याल सचिव र खाम्पा ट्रेड एन्ड सप्लायर्सका सकलसिंह रोकाया कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी मिनाकुमारी लामा, डा। डिबी सुनार, सञ्जीव पाण्डे, वसन्त पण्डित, राधा दाहाल, गङ्गा वाग्ले दाहाल, बिन्ती गुरुङ, निखिल खण्डेलवाला, फर्सुराम आचार्य सदस्यमा चयन भएका थिए ।

यस अघि संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले उद्योगमैत्री कानुन निर्माण गरी लगानीको वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.