सुन तोलामा ३ सय घट्दा चाँदीमा झिनो बढोत्तरी‚ अन्तर्राष्ट्रिय बजारमै घटबढ सुस्त

सुन तोलामा ३ सय रुपैयाँ घटेको छ। बिहीबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार प्रतितोला १ लाख १२ हजार ८ सय रुपैयाँ थियो। साताको प्रारम्भका तुलनामा पाँचौ दिनका तुलनामा सुनको कारोबार मूल्य २ सय मात्रै बढी हो भने सोमबार चलेको मूल्यमा बराबर हो। यसबीच गत मंगलबार सुन तोलाको १ लाख १३ हजारसम्म पुगेको थियो।

चाँदीको कारोबार मूल्यमा सामान्य बढोत्तरी छ। ५ रुपैयाँ बढ्दा बिहीबार चाँदी प्रतितोला १४ सय १० पुगेको छ। गत मंगलबारका तुलनामा बुधबार पनि तोलामा ५ रुपैयाँ बढेर मूल्य कायम भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्यमा फराकिलो अन्तरको घटबढ भइरहेको छैन। अघिल्लो दिनका तुलनामा बिहीबार झिनो गिरावट छ।

मंगलबार प्रतिऔंस १९३१.०२ डलरले कारोबार भएको सुन बुधबार १९३०.९३ डलर थियो। बिहीबार १९२८.८३ डलरले कारोबार भइरहेको छ। यस्तै चाँदी प्रतिऔंस २३.१३ डलरबाट २३.२ डलरमा आएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.