स्किल विक पाँचौं संस्करण हुँदै

ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ।

यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको उद्देश्य राखेको छ।

स्किल विक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमहरू लगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन लगायत मनोरञ्जनलाई मध्यनजर राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने छ।

कलकारखाना, शैक्षिक संस्था एवं सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिई तीनै क्षेत्रबाट सीपमूलक रोजगारीका अवसर, बढ्दोे सीपप्रतिको महत्त्व, व्यापार, सेवा, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्त्व उजागर गर्ने लक्ष्य लिई स्किल विक नामक कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सञ्चालन हुँदैछ।

१५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागिता जनाउन र सोहि कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सकिनेछ।

यो युवाहरूका लागि एक खुल्ला मञ्च हो। सम्पूर्ण आवेदन निःशुल्क हुनेछन् र युवाहरूले सीपका विभिन्न किसिमका यस क्षेत्र, बजारको माग एवं सीपको महत्त्वका बारेमा जानकारी पाउनेछन्।

स्किल वीकले युवाहरूलाई विभिन्न सीपका बारेमा अन्वेषण गर्न, आफू संलग्न हुन एवं ज्ञान हासिल गर्न सहयोग पुग्ने बताइएको छ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन्।

कार्यक्रमका मुख्य विशेषताहरू छलफल, सीपमूलक प्रस्तुति, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला तथा मनोरञ्जन रहेका छन्।

मार्च ३१ देखि अप्रिल ८ सम्म विभिन्न संघसंस्थाद्वारा अनलाइन तथा अफलाइन तालिम एवं कार्यशाला प्रदान गरिने छ। अप्रिल ६ मा, स्किल फेस्ट नामको कार्यक्रम किंग्स कलेजमा सञ्चालन गरिने बताइएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.