हेराल्ड कलेजका ८९ विद्यार्थीलाई १ करोड ५० लाख बराबरको छात्रवृत्ति

हेराल्ड कलेजले ुएएएु छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ।

कलेजले प्राज्ञिकता, उपस्थिति ९हाजिरी० र आचरणलाई एकै शुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा सत प्रतिशत छात्रवृत्तिमार्फत् विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु बताएको छ।

यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतीपूर्ण साबित भएको बताइएको छ।

अन्त्यमा लगभग १ करोड ५० लाख पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा ८९ उत्कृष्ट विद्यार्थीहरू छनोट गरेका थिए।

यीनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवार जन तथा सम्पूर्ण कलेज परिवारका माझ हेराल्ड कलेजलका सिइओ प्रकाश श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए। यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अवसर बन्न सफल भएको कलेजले बताएको छ।

यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो जसले उनीहरूको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने कलेजको भनाइ छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.