१८० वटा गाडी किन्न प्रहरीलाई ७५ करोड बजेट स्वीकृत

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागी अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई १ सय ८० वटा गाडी किन्न सहमति दिएको छ ।

पिकअप गाडी खरिदका लागी अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको प्रहरी प्रवक्ता टेक प्रसाद राईले जानकारी दिएका छन् ।

प्रहरीले ठुला साना गरेर ७ सयभन्दा धेरै गाडी खरिद गर्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयले एउटै स्वरूपको पिकअप ७५ करोडबाट नबढ्ने गरी खरिद गर्न बजेट सुनिश्चित गरेको छ । मन्त्रिपरिषद्ले मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको छ ।

अर्थ मन्त्रालयले प्रति गाडी ५० लाखभन्दा नबढ्ने गरी खरिद गर्न प्रहरी प्रधान कार्यालयलाई भनेको छ ।वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पनि प्रहरीले ६१० वटा गाडी किन्नुपर्ने प्रस्ताव गरेको थियो । तर, अर्थले सहमति नदिएपछि त्यतिबेला खरिद गरिएको थिएन । प्रहरीका लागि १३ सय गाडी आवश्यक रहेको डीआईजी राईले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.