३०० विद्युतीय गाडीको र्‍यालीसँगै सुरू भयो हिमालयन हाइड्रो एक्सपो २०२४

विद्युतीय सवारी (इभी)र्‍यालीसँगै हिमालयन हाइड्रो एक्सपो २०२४ सुरू भएको छ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान०को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्सपो विद्युत खपत बढाउने सन्देशसहित सुरूआत गरिएको हो।

र्‍यालीको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरेका छन्।

चौथो संस्करणको हिमालयन हाइड्रो एक्सपोको सुरूआत बुधबार बिहान विद्युतीय सवारी प्रवर्द्धन र विद्युत खपत बढाउने सन्देश दिँदै इभी र्‍याली आयोजना गरिएको इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए।

उद्घाटन कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले इप्पानले लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजना गरेको हिमालयन हाइड्रो एक्स्पोले सम्मेलनलाई अझै सार्थक बनाउने विश्वास व्यक्त गरे।

ुहाइड्रो एक्सपो अघि सुरू भएको यो र्‍यालीले स्वदेशी बिजुली खपत बढाउन र विद्युतीय सवारी प्रवर्द्धनमा समेत सहयोगी सावित हुनेछ,ु उनले भने।

हाइड्रो एक्सपो नेपालको विद्यत क्षेत्रमा लगानीको वातावरण बनाउन सहयोगी सावित हुने बस्नेतले विश्वास व्यक्त गरे।

इप्पान अध्यक्ष गणेश कार्कीले हाम्रो बिजुली हामी आफै खपत गरौं भन्ने उद्देश्यले इभी र्‍याली आयोजना गरेको बताए।

सरकाले सन् २०३५ सम्ममा १३ हजार मेगावाट बिजुली खपत गर्ने लक्ष्य लिएको र यसलाई समेत यस्ता विद्युतीय सवारी र्‍याली आयोजना गरेर प्रवर्द्धन गर्नुपर्ने बताए।

ुसरकारले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट उत्पादन र १३ हजार स्वदेशमा खपतको लक्ष्य लिएको छ। यसलाई सार्थक बनाउन पनि इभी र्‍यालीले सहयोग गर्छ,ु उनले भने।

एक्सपो व्यवस्थापक इभेन्ट सोलुसनका प्रबन्धक बिजयसागर प्रधानले विद्युतीय सवारी स्वदेशी बिजुली खपतका साथै वातावरणमैत्री रहेका कारण नेपालको लागि उपयुक्त रहेको बताए।

र्‍याली कमलादीको स्काई वाक टावरबाट सुरू भई सिंहदरबार, बानेश्वर, सातदोबाटो, एकान्तकुना, पुल्चोक, त्रिपुरेश्वर, नारायणहिटी हुँदै भृकुटीमण्डपमा गएर समापन भएको थियो।

र्‍यालीमा ती सयभन्दा बढी विद्युतीय सवारी सहभागी थिए।

एक्सपोमा पहिलो दिन तीन वटा प्राविधिक सत्रहरू आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोलि बिहीबार एक्स्पोको उद्घाटन गर्नेछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.