महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे अटो ट्रियो र्‍याली सम्पन्न

महिन्द्रा एण्ड महिन्द्रा ९लास्ट माइल मोबिलिटी०का आधिकारिक बिक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो ुट्रियोु देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगत्तै छोटो समयमा नै इलेक्ट्रिक अटोलाई नेपाली बजारमा सफलतापूर्वक बिक्री गर्दै आइरहेको छ।

इलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहान गर्नको लागि महिन्द्राको इलेक्ट्रिक तीन पांग्रे अटो–ट्रियोद्वारा चैत २३ गते बिहान ८ बजेदेखि दिउँसो ३स्३० बजेसम्म बिर्तामोडदेखि काँकडभिट्टासम्म, ट्रियो र्‍याली आयोजना गरिएको छ।

उक्त र्‍याली बिर्तामोडबाट सुरू भई बुट्टाबारी–चराली–धुलाबारी हुँदै काँकडभिट्टासम्म पुगेर पुनः बुधबारे–जयपुर–सनिश्चरे–सुरुङ्गा हुँदै बिर्तामोड आइ औपचारिक कार्यक्रमका साथ समापन भएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन प्रहरी नायव निरीक्षक पूर्ण गौतमले गरेका थिए।

प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य महासंघका महासचिव कुसल खतिवडा, महिन्द्रा लास्ट माइल, भारतका प्रतिनिधि चन्दन गुप्ता, ३० जना ट्रियो चालकहरूलगायत स्थानीय र अग्नि ग्रुपका प्रतिनिधिहरूको समेत उपस्थिति भएका थियो।

अग्नि ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेता एभरेष्ट अटो ट्रेडले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरिएको थियो भने आय स्रोतका लागि विद्युतीय अटो छनोट गरेको र वातावरण जोगाउन सहयोग गरेको कार्यलाइ धन्यवाद ज्ञापन गर्दै सम्पूर्ण उपस्थित चालकहरूलाइ प्रशंसा पत्र समेत वितरण गरेको थियो।

उक्त कार्यक्रममा अग्नि ग्रुपले चालकहरूसँग प्रत्यक्षरूपमा महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री र सेवाको विकास र विस्तार गर्ने बारेमा छलफल गरेको थियो।

सोहि अवसरमा एभरेष्ट अटो ट्रेडले नयाँ दुई ग्राहकलाई महिन्द्रा अटो ट्राइओ हस्तान्तरण गरेको थियो।

विद्युतीय ट्रियो अटो र्‍यालीले समुदायलाई विद्युतीय सवारीसाधनबारे प्रत्यक्ष रूपमा हेर्न र अनुभव गने अवसर समेत प्रदान गरेको थियो। र्‍याली समयावधिमा उक्त बाटोबाट यात्रा गर्ने इच्छुक यात्रुहरूलाई ट्रियोको निःशुल्क सवारीको सुविधा समेत उपलब्ध गराइएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.