४ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य बढेको हो। आइतबारका लागि छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँ तोकिएको छ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ रहेको थियो। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ६६० रुपैयाँ तोकिएको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँका दरले घटेको महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ। यसअघि वैशाख ७ देखि ९ गतेसम्म नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँ तोलाका दरले कारोबार भएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.