बिनाचार्जर अब हावामै हुनेछ स्मार्टफोन चार्ज, शाओमी ल्याउँदैछ यस्तो अत्याधुनिक प्रविधि

काठमाण्डौ । स्मार्टफोन प्रयोगकर्ताका साथ एउटा चिज सधैँ साथ रहन्छ। त्यो हो चार्जिङ केबल। अनि उनीहरु जहिले पनि चार्जिङ प्वइन्टको खोजी हुन्छन् र जहाँ भेटिन्छ त्यहाँ मोबाइल फोन चार्ज गर्न थाल्छन्। 

कतिपयले यस्तो पनि सोचिरहेका हुन्छन् कि कतै बारम्बार चार्जिङ प्वइन्टको खोजी गर्नुपर्ने झन्झटबाट मुक्ति मिलोस्। यस्तो हुन सक्ला? 

पक्कै पनि हुन सक्छ। शाओमीले यस्तै प्रविधिका विकास गरको छ। उनले हाल ‘मी एअर चार्ज’ प्रविधि लन्च गर्यो। यो विशेष प्रविधिको मद्दतबाट अब बिना चार्जिङ केबल वा वायरलेस चार्जिङ स्ट्यान्डबाटै टाढैबाट आफ्नो फोन चार्ज गर्न सकिन्छ। 

शाओमीले यो प्रविधिको मद्दतले थुप्रै मिटर परसम्मका राखिएका थुप्रै डिभाइस एक साथ चार्ज गर्न सकिने दाबी गरेको छ। अब यो प्रविधिका माध्यमबाट आफ्नो स्मार्टफोन हावामै चार्ज सकिन्छ भन्दा सायद गलत नहुन पनि सक्छ।

कम्पनीका अनुसार मी एअर चार्ज रिमोट चार्जिङ प्रविधिमा आधारित छ। जसको मद्दतले चार्जबाटै निकै टाढाबाटै प्रयोगकर्ताहरुले आफ्नो हातमै मोबाइल चार्ज गर्न सक्छन्। यो प्रविधिको विशेषता भनेको चार्जर र मोबाइल फोनबीच कुनै पर्खाल वा अन्य कुन रुकावट भए पनि चार्ज गर्न सकिन्छ। 

शाओमीका अनुसार यो प्रविधि एउटा खास सेल्फ डिभलप्ड टावर या बक्सजस्तो डिभाइज प्रयोग हुन्छ। यो डिभाइस एउटा ट्रान्समिट मिलिमिटर वाइभ वेबका बीमफार्मिङका माध्यमबाट सीधै फोनसम्म पहुँच राख्छ। यो डिभाइसको साइज एउटा साइड टेबलबराबरको हुन्छ। जसले ५डब्ल्यू वायरलेस चार्जिङ उपलब्ध गराउँछ।

शाओमी वायरलेस एअर चार्जर एउटा एन्टिनाका साथ आउँछ। यो चार्जरमा एउटा फाइभ फेज इन्टरफेस एन्टिना दिइएको छ। जसले स्मार्टफोनको लोकेसन खोजी गर्छ र मल्मििटर वाइड वेभलाई एनर्जीमा कन्भर्ट गर्छ। यो चार्जरमा १८डब्ल्यू वा त्यसभन्दा धेरै छिटो वायरलेस चार्जिङ अनुभव गर्न सकिन्छ। 

यद्यपि शाओमीले या चार्जर कहिलेसम्म उपलब्ध हुन्छ भन्ने समय तोकिसकेको छैन। यसले कति दूरीसम्म रहेका स्मार्टफोन आफसेआफ चार्ज हुन्छ र कति समयसम्म फोन चार्ज हुन्छ भन्ने कुरा पनि कम्पनीले खुलाइसकेको छैन। – एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.