एनआईसी एसियाले गर्यो महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सम्झौता

एनआईसी एसिया बैङ्कले महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीसँग बैङ्कास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार एनआईसी एसिया बैङ्कका ग्राहकले देशभरि फैलिएका बैङ्कका २८१ ओटै शाखाबाट महालक्ष्मीको जीवन बिमा पोलिसी खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौतापत्रमा बैङ्कका तर्फबाट कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

बैङ्कको देशभरि २८१ शाखा कार्यालय, २८९ एटीएम, ३९ एक्सटेन्सन काउन्टर तथा २३ ओटा शाखारहित बैङ्किङ एकाइ छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.