इजरायलले माग्यो केयरगिभर, कस्तो योग्यता चाहिन्छ(सूचिसहित) ?

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

नेपालीहरुका लागि वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्यमध्येको एक इजरायलले लामो समयको अन्यौललाई चिर्दै ६० जना केयरगिभर कामदार मागेको छ ।

फागुुन ५ गते इजरायलले ६० जना नेपाली केयरगिभर मागेको वैदेशिक रोजगार विभागले आइतबार एक सूचना प्रकाशित गर्दै जनाएको हो ।

नेपाल र इजरायल सरकारबीच २०७२ साउन २२ गते भएको सम्झौता अनुसार ६० जना कामदारको माग भएको र उनीहरु ५१ महिनाको श्रम सम्झौतामा त्यहाँ जान पाउने बताइएको छ । ६० जनामध्ये ८० प्रतिशत महिला र बाँकी २० प्रतिशत पुरुष छनौट गरिनेछ ।

विद्यमान इजरायली कानुन अनुसार ज्वाइन्ट पाइलट कार्यक्रमको परिधिभित्र रही वृद्ध, अपांग र अशक्त रोजगारदाताको स्याहार, सम्भार र रेखदेख गर्न इच्छुक कामदार छनौट प्रक्रियामा सहभागी हुनसक्ने बताइएको छ । शारिरिकरुपमा पनि स्वस्थ केयर गिभरको अन्तिम छनोट भने वैदेशिक रोजगार विभाग र इजरायलस्थित पपुुलेसन एण्ड इमीग्रेसन अथोरिटी(पीआईबीए)ले गर्ने विभागले जनाएको छ ।

आगामी चैत ९ गतेसम्म आवेदन गर्नेमध्येबाट योग्यता पुुगेका ६० जनालाई इजरायलका लागि छनौट गरिनेछ । पहिलो चरणमा छनौटमा पर्नेको हिब्रूू भाषा परीक्षा पनि हुनेछ । योग्यता पुगेका इच्छुकले वैदेशिक रोजगार विभागको कार्यालय बुद्धनगर शाखामा गएर आवेदन दिनसक्ने व्यवस्था समेत मिलाइएको छ ।

विभागले केयर गिभरमा दरखास्त दिनका लागि देहाय बमोजिमका योग्यता हुनुपर्ने भनेको छ :

सम्बन्धित
Leave A Reply

Your email address will not be published.