उपत्यकामा चल्न थाले ‘बाबा गोकर्णेश्वर’ बस

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

गोकर्णेश्वर यातायात प्रालिले राजधानीमा ‘बाबा गोकणेश्वर’ नामका बसहरु संचालनमा ल्याएको छ।
पहिलो चरणमा २० वटा बस हरू संचालन गरिएको कम्पनीका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। जसमध्ये १० वटा बसहरू  माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुँदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्नेछन् र चावहिलबाट पुनः मित्रपार्क आएर सोही रुटबाट फर्किने छन्।
 अर्को दस वटा बसहरु माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुँदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने छन्। २० वटा बसले सुविधा नपुग्ने भएकोले पुनः १० दिन भित्र ५ वटा बस थपिने श्रेष्ठले बताए।
नेपाल सरकारको अवधारणाले ८ मिटर च्यासिस वा ४० सिटको गाडिलाई प्राथमिकतामा राखेसँगै ति बसहरु संचालन गरिएको बताइएको छ। ति बसहरु ३२ सिट क्षमताका छन्। यसले साना माइक्रोमा कोचाकोच यात्राबाट छुटकारा हुने, सर्वसाधारणलाई उन्मुक्ति मिल्ने विश्वास लिइएको छ।
ति बसहरु भारतको कम्पनी अशोक लेल्याण्डका हुन्।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.