कारमा आउने सामान्य समस्या जो आफैं बनाउन सकिन्छ

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

दुई पाङ्ग्रे  सवारी साधनको तुलनामा कारलाई सुरक्षित र भरपर्दो मानिन्छ। तर कार चलाउनु अघि आफ्नो कारको अबस्थाबारे नबुझ्दा र सामान्य ज्ञान नहँुदा धेरैलाई यात्रामा दुःख हुनसक्छ।

कार किन्नु मात्र ठूलो कुरा होइन कार किनि सकेपछि कसरी दक्ष चालक बन्ने आफ्नो कारमा सामान्य खराबी आउँदा आफैले कसरी मर्मत गर्न सकिन्छ भन्ने जानकारी भने हुनु आवस्यक नै रहेको कार चालक सागर तामाङको भनाई छ।
यदि कार चलाउँदा सही तरिका अपनाएनौ र सामान्य आफ्नो कारमा खराबि भयो भने ज्ञान नहुँदा मानिसले ठुलो दुःख पाइने उनको बुझाइ छ।
सडकमा भएको खाल्डाखुल्डी कारण कारको चेम्बर लुज हुने, रेडियल चहिने, टायर लुज हुने, जर्नको तारहरु मिलाउने आफ्नो कारमा पानीको मात्र र मोबिल कति छ भन्ने कुराको जानकारी चालकले राख्दा पनि धेरै हदसम्म यात्राको क्रममा सफल हुने अटो व्यवसायी नविनकुमार पारखको भनाइ छ।
यसो त सबै ठाँउमा भनेजस्तो कार बनाउने वर्कसप मेकानिकल नहुँदापनि कार चालकले दुःख पाउने गरेका लगनखेल कार वर्कसपका मेकानिकल इन्जिनियर अन्जुम जैसीको भनाइ छ। उनका अनुसार कारमा आउने समान्य खराबीहरुमा यी हनु सक्छन्। जुन आफैले मर्मत गर्न सकिन्छ।
ब्याट्रीको समस्या 

पहिलो कुरा ब्याट्रिकै माध्यमबाट कार स्र्टाट हुने हुँदा ब्याट्रि चार्जमा कार चालकले बिषेश ध्यन दिनुपर्ने हुन्छ। ब्याट्रीको अवस्था के छ, चार्ज हुन्छ, कि हँुदैन यसमा ध्यान दिने हो भने सामान्य कारणले दिने दुःखबाट आफै छुटकारा पाउन सकिन्छ।
प्लगको समस्या
ब्याट्रीको चार्ज हुँदाहुँदै पनि कार स्टार्ट भएन र हुँदैन भने स्र्टाट गर्ने प्लगलाई हेर्नुेपर्ने प्लगमा समान्य खराबी हो भने सफा गर्दा पनि बन्छ, यदि प्लगले काम गर्न छाडेको हो भने पनि आफैले किनेर फेर्न सकिन्छ। त्यसैले कार चालकले यो कुराको ज्ञान राख्नै पर्ने हुन्छ।
अर्थिङको समस्या
ब्याट्री र प्लगमा कुनै पनि समस्य छैन भने अर्थिङको कारणले पनि कार स्र्टाट नभएको हुन सक्छ। अर्थिङ भनेको ब्याट्रीमा र प्लगसंग जोडिएको नेगेटिभ तारलाई भन्ने गरिन्छ। यसको कनेक्सन राम्रो भएन भने पनि कार स्र्टाट हुक्दैन तार आफैले कनेक्सन र सफा गर्न सकिन्छ ।
इन्धनको समस्या
कारको न्यूनतम क्षमाता अनुुुसार इन्धन अनिवार्य हुनै पर्ने हुन्छ। जसको कारण पनि कार स्र्टाट हुन सक्दैन। यो कुरामा पनि आफै चनाखो हुन जरुरी छ।  यी र यस्ताकुरामा जानकारी हनु अनिवार्य नै भएको बिभिन्न अटो व्यवसायी बताउछन् उसो त अहिले बजारमा आउने कारहरु बिभिन्न सुबिधायुक्त हुने हुदा इन्धन देखि ब्याटि चार्ज पानीदेखि मोबिलको मात्रा सम्म चेक गर्न मिल्ले भएकाले समय समयमा चेक गर्दा सामान्य समस्याबाट पहिला नै बच्न सकिन उनीहरुको भनाइ छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.