चांगान नेपालले सार्वजनिक गर्‍यो दिपल एस०७, कति पर्छ मूल्य?

नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले नेपाली इभी क्षेत्रलाई रुपान्तरण गर्ने ुइन्टेलिजेन्टु र ुलक्जरियसु इलेक्ट्रिक एसयुभी दिपल एस०७ सार्वजनिक गरेको छ।

यसको ट्यागलाइन ुटच द फ्युचरुले जस्तै दिपल एस०७ मा नेपाली अटोमोबाइलमा पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन् जसले ‘इलेक्ट्रिक मोबिलिटी’मा केसम्म सम्भव छ भन्ने देखाउने कक्पनीले बताएको छ।

दिपल एक सय १६० वर्षभन्दा लामो विरासत बोकेको चिनियाँ अटो ग्रुप चांगानको सब ब्रान्ड हो जसले चांगानका लागि ुन्यू इनर्जी भेहिकलुको विकास र उत्पादन गर्छ।

नेपाली अटो क्षेत्रले लामो समयदेखि प्रतिक्षा गरेको यो ‘इन्टेलिजेन्ट इलेक्ट्रिक’ एसयुभीलाई आइतबार नेपालका लागि चिनियाँ राजदूत सेन सङ, चांगान अटोका डिपुटी जनरल म्यानेजर गुआन सिन, एमएडब्लु ग्रुपका कार्यकारी निर्देशक विष्णु अग्रवाल र एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरेका हुन्।

दिपल एस०७ को सार्वजनिकीकरण नेपालमै पहिलो पटक कारमाथि ‘थ्रि डी म्यापिंग प्राजेक्सन’ गरी गरिएको हो।

१५ भन्दा बढी ुफर्स्ट टाइम इन नेपालु फिचर दिपल एस०७ मा इभी डेडिकेटेड ुइपीए१ प्ल्याटफर्मु र ुरियर ह्विल ड्राइभ सिस्टमु रहेको छ जसको माथि ६६।८ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसले सिंगल चार्जमा ४१० किलोमिटरको रेन्ज ९डब्लुएलटीपी० दिन्छ।

अटोमोबाइकल डिजाइनको ‘हेरिटेज’ मानिने इटालीको टुरिनमा डिजाइन भएको दिपल एस०७ मा नेपालमै पहिलो पटक प्रयोग भएका दर्जनौं फिचरहरू छन्।

संगीत, फोन कल र फोटो खिच्ने लगायतका फंक्सनका लागि एस०७को ‘जेस्चर कन्ट्रोल’को माध्यमबाट हातको संकेतबाट कमान्ड लिनसक्छ।

साथै यसमा ‘अग्मेन्टेड रियालिटी हेड अप डिस्प्ले’ ९एआर एचयुडी० रहेको छ जसले ‘रियल टाइम नेभिगेसन’ लगायत अन्य महत्वपूर्ण सूचना दिन्छ जसले ड्राइभिंगलाई सहज मात्र बनाउँदैन सुरक्षित पनि बनाउँछ।

साथै, क्याबिनको बीचमा १५।६ इन्चको ुसनफ्लावर टचस्क्रिनु रहेको छ जुन टचस्क्रिनलाई ुइन्टर्‍याक्टु गर्ने यात्रुतिर आफैं फर्कन्छ। दिपल ०७ मा ुवेलकमिंग सिटु पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ।

दिपलमा पछाडि मात्र होइन अगाडि बोनेटमा पनि सामान राख्नका लागि १२५ लिटरको ‘फ्रंक’ स्पेस रहेको छ। यसमा रहेको २० इन्चको टायरले इभीलाई आकर्षक मात्र बनाउँदैन यसको पर्फमेन्समा पनि सुधार ल्याउँछ।

साथै, नेपालमै पहिलो पटक, कुनै पनि इभीमा चार ुड्राइभिंग मोडु ९इको, कम्फर्ट, स्पोर्ट र कस्टमाइज० रहेको छ जसले ड्राइभरलाई चाहेको जस्तो ड्राइभिंग अनुभव दिलाउँछ ।

दिपल एस०७ मा प्रयोग भएको ुफ्रेमलेस डोरु र ुफ्लस ह्यान्डलुले यो ई एसयुभीको आकर्षण र ुएरोडाइनामिक्स इफिसेन्सु लाई बलियो बनाएको छ। साथै यसमा ुहेडरेस्ट स्पिकरु र ुआउटडोर स्पिकरुसहित १४ वटा हाई क्वालिटी सोनी स्पिकर रहेको कम्पनीको भनाइ छ।

यसमा कारभित्रको वातावरणलाई ुकस्टमाइजु गर्न ुन्याप, क्याम्प, बेबी केयर, म्युजिक लाइट सोु जस्ता ुइन्टेलिजेन्ट सिनेरियो मोडुहरू छन्। साथै, पछाडिको सिटबाट अगाडिको सिट ‘एड्जस्ट’ गर्न मिल्ने र ‘सनसेद’लाई खोल्न र बन्द गर्न सकिने टचस्क्रिन रहेको छ।

सुरक्षाका लागि दिपल एस०७ मा ुइन्टरेक्टिभ एडाप्टिभ क्रुज कन्ट्रोलुसहितको ुइन्टेलिजेन्ट एडास २।५ु, ६ वटा एअर ब्याग, ुअटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ुड्राइभर फ्याटिग मनिटरिङ सिस्टमु, ुसेफ डिस्टेन्स वार्निङु, ुट्रान्सपेरेन्ट च्यासिसुसहितको ३६० क्यामेरा, ुड्राइभ भिडियो रेकर्डरु, ुडिस्ट्रयाक्स वार्निङु लगायत धेरै व्यवस्था रहेको छ। ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.