धरहरा पुगेर प्रधानमन्त्रीले भने, ‘फागुन भित्रै काम सक्नुपर्यो’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका रुपमा रहेका धरहरा र सिंहदरबारको पुनर्निमाण फागुन भित्र सक्न निर्देशन दिएका छन् । २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा धरहराको हालभइरहको पुनर्निर्माण कार्यको निरीक्षण पश्चात प्रधानमन्त्रीले सिंहदरबारको पुनर्निर्माणका क्रममा पुरातात्विक महत्वका वस्तुहरुलाई यथास्वरुपमै कायम राख्न निर्देशनसमेत दिए ।

“कोभिड १९ को महाव्याधिले पुनर्निर्माणकार्यमा पारेको बाधाका बावजुद अहिलेसम्म भएका प्रगति सन्तोषजनक छन्” प्रधानमन्त्रीले भने । 

सिंहदरबारको प्रमुख आकर्षण एवं २०३० सालमा भएको आगलागीबाट बचेको एकमात्र पश्चिमी संरचना रहेको छ भने त्यसको पुर्व, दक्षिणपूर्व, तथा उत्तर पूर्वतर्फका भागमा प्रधानमन्त्री कार्यालय रहने गरेको थियो । 

सिंहदरबारको निरीक्षणपछि प्रधानमन्त्रीले पुनर्निर्माणको अन्तिम चरणमा रहेको धरहरा क्षेत्रको निरीक्षण गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित धराहरा निर्माण स्थलमा पुगेका प्रधानमन्त्री ओलीले धरहरासहित सुन्धाराको संरक्षण तथा मुद्रा संग्रहालयका निर्माण प्रगतिहरुको अद्यावधिक जानकारी लिएका छन् । 

हाल २१ औं तलाको ढलान सकिएको धराहरामा २२ औं तलाको ढलान सकिएपछि त्यहाँ पहिले रहेको  महादेव प्रतिमा पुनस्र्थापना तथा गजुर जडान गरिनेछ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.