यी हुन् विश्वकै तीब्र गतिका मोटरसाइकल

विश्वमा धेरै प्रकारका तीब्र गतिका अत्याधुनिक साधनहरु बनेका छन्। त्यस मध्ये पनि बाइक प्रतिको हेराई केहि भिन्न हुने गर्छ। त्यहि भिन्न प्रयोगलाई निरन्तरता दिन बनेका केहि उत्कृष्ट र प्रख्यात १० मोटरसाइकलहरु यसप्रकार छन्।

१.डज टमाहक

Dodge Tomahawk

अहिले सम्म ९ वटा मात्र निर्माण भएको टमाहक क्रिस्लर गु्रप डिजाइनको अवधारणा अनुसार बनाइएको नौलो बाइक हो।

२.५ सेकेण्डमा ६० किमी प्रतिघण्टाको गति पकडिन सक्ने टमाहकमा भाइपर पावर युक्त इन्जिन प्रयोग भएको छ। डज टमाहक मोटर बाइकमा ४ वटा पाङग्रा प्रयोग भएका छन्।

चालक मात्र बस्ने ठाउँ उक्त बाइक कारको बनावटमा छ। यस मोटरबाइकमा कलात्मक इन्जिनियरीङको प्रयोग भएको छ।

५ सय हर्स पावर क्षमता रहेको भाइपर भि टेन इन्जिनले  बाइकको पछिल्ला दुई चक्कामा पावर लाग्छ। यसको गति क्षमता ६४३ किमी प्रति घण्टा रेकर्ड गरिएको छ। टमाहक बाइक सन् २००२मा पहिलो पल्ट नर्थ अमेरिकन इन्टरनेश्नल अटो शोमा सार्वजनिक गरिएको थियो।

यसमा ८ हजार ३ सय सिसिको इन्जिनमा दुइ गियरको स्पिड छ। एजेन्सीका अनुसार ७ सय १२ एनएम टर्क पावर उत्सर्जन गर्ने यो टमाहकको इन्जिनमा लिक्विड कुल्ड, फोर स्ट्रोक, प्रति सिलिण्डर दुइ वटा भल्भ प्रयोग गरिएको छ।

२. सुजुकि हायाबुसा

Suzuki Hayabusa

सुजुकि हायाबुसा मोटरसाइकल संसारकै पहिलो मास्टर पिस मानिन्छ। उच्च इन्जिनियरिङको प्रयोग गरी एड्भान्स प्रविधि र एरोडाइनामिक डिजाइन युक्त बनाइएको यो स्पोर्ट बाइकले लोभलाग्दो गति प्रदान गर्ने कम्पनीले दावा गर्छ।

यसको चेसिस विशेष गरि रेस ट्रयाकको लागि बनाइएको छ। यसको चेसिसलाई परिस्थिति अनुसार अटोमेटिक एड्जस्ट गर्न मिल्छ, त्यस्तै यसमा टाइटानियम नाइट्राइड, रियर सस्पेन्सन र सार्प टर्नीङको लागि उत्कृष्ट ग्रिप भएकोले सुरक्षाको दृष्टिकोणले पनि उच्चस्तरीय मानिन्छ।

हायाबुसा सन् २००६मा निर्माण सम्पन्न भएको बाइक हो। एजेन्सीका अनुसार यसको इन्जिनमा कम्प्याक्ट ४ स्ट्रोक, चार सिलिन्डर, लिक्विड कुल्ड इन्जिन, १६ भल्भ, ट्विन स्विल कम्बस्टन च्याम्बर, इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम तथा ओइल जेट पिस्टा कुलर पनि समावेश गरिएको छ।

६ गियर स्पिड रहेको हायाबुसाको उच्चस्तरीय क्लच फिचर, स्मुथ गियर सिफ्टिङले चालकलाई सहज बनाउने जनाइएको छ।

यो बाइकमा १ हजार २ सय ९८ सिसि क्षमताको इन्जिन प्रयोग गरिएको छ। १३८ एनएम टर्क पावरका साथै १७५ हर्स पावरको यो शक्तिशाली मोटर साइकलमा ६ गियरको स्पिड छ।

२१ लिटरको फ्युल ट्याङक रहेको यो स्पोर्टस बाइक ३ सेकेण्डमा १०० किमी प्रति घण्टाको गति लिन सक्ने क्षमता राख्ने एजेन्सीले जनाएको छ। एजेन्सीका अनुसार यसको उच्च गति ३०६ किमी प्रतिघण्टा रेकर्ड गरिएको छ।

३. एमटिटि वाइटुके टर्बाइन सुपरबाइक

MTT Turbine Superbike Y2K

एमटिटि वाइटुके टर्बाइन सुपरबाइक तीब्र गतिको लागि गिनीजबुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउन सफल बाइक हो। २८६ बिएचपी (ब्रेक हर्स पावर) रहेको यो बाइकले जेट प्लेनको जस्तो आवाज निकाल्छ।

कम्पनीले रोल्स रोयर २५० सिरिजको ग्यास इन्जिनबाट यसलाइ निर्माण गरेको एजेन्सीले जनाएको छ। यस बाइकको तीब्र्रता ४०२ किमी प्रतिघण्टा मापन गरिएको एजेन्सीले जनाएको छ। यो बाइक हालसम्मकै शक्तिशाली र तीब्र बाइक रहेको कम्पनीको दाबी छ।

२८६ हर्सपावर, २ गियरको अटोमेटिक ट्रान्समिसन रहेको छ। त्यसका साथै यस सुपरबाइकले ५७६.५ एनएम टर्क उत्सर्जन गर्छ। यो अरु सुपरबाइकको तुलनामा ठूलो देखिन्छ। यसको इन्जिनमा डिजल, पेट्रोल, मट्टितेल र जेट फ्युल प्रयोग गर्न सकिन्छ। तर डिजलको प्रयोग गर्दा राम्रो पर्फर्मेन्स दिने कम्पनीले बताएको छ।

यस बाइकमा साइड मिररको सट्टा क्यामेरा र सानो टिभी स्क्रिन ककपिटमा राखिएको छ। ३४ लिटरको फ्युल ट्याङक रहेको यो सुपरबाइकको मूल्य १ लाख ५० हजार अमेरिकी डलर पर्ने बताइएको छ।

४. होण्डा सिबिआर ब्ल्याक बर्ड

Honda CBR1100XX Blackbird

सिबिआर ब्ल्याक बर्ड हेर्दा अरु रेसिङ बाइक भन्दा केहि भद्दा र साइलेन्सर नसुहाउँदो जस्तो देखिन्छ तर यसको गति भने तारिफ योग्य छ। सन् २००२मा निर्माण गरिएको यो बाइकमा ११३७ सिसि क्षमताको इन्जिन प्रयोग भएको छ।

यस सिबिआर ब्ल्याक बर्डमा फोर स्ट्रोक, चार वटा सिलिन्डर, ४ बटा इन्जिन प्रयोग भएको र प्रति सिलिन्डर भल्भ प्रयोग भएको छ। यसको इन्जिनमा लिक्विड कुल्ड कुलिङ सिस्टम जडान गरिएको छ।

१६४ हर्स पावर रहेको यो बाइकले १२४ एनएम टर्क उत्सर्जन गर्छ। ६ गियरको स्पिड रहेको यो ब्ल्याक बर्डमा २४ लिटरको इन्धन ट्याङकी छ। यसको उच्चतम गति ३१० किमी प्रतिघण्टा रेकर्ड गरिएको छ।

५. एम भि अगस्टा एफ फोर १००० आर

MV Agusta F4 1000 R

अगस्टा सन् २००७ मा इटालीमा निर्माण सम्पन्न भएको बाइक हो। यो मोटरसाइकलमा ४ वटा सिलिण्डरको शक्ति रहेको छ। त्यसका साथै यसमा प्रतिसिलिण्डर ४ वटा प्रयोग हुने गरि १६ वटा भल्भ र लिक्विड कुल्ड इन्जिन रहेको छ।

१११ एनएम टर्क पावरको क्षमता रहेको यो बाइकमा ६ गियरको स्पिड रहेको छ। २१ लिटरको इन्धन ट्याङक भएको यो मोटरसाइकलले १६.९ किमी गुड्न १ लिटर पेट्रोल खपत गर्ने एजेन्सीले जनाएको छ। यो सुपरबाइक १० सेकेण्डमा २२८ किमीको दुरी पकडिन सक्छ। यसको उच्चतम गति २९९ किमी प्रतिघण्टा रेकर्ड गरिएको छ।

६. यामाहा वाइजेड आर वन

Yamaha YZF R1

यामाहा आर वन सन् २००२मा जापानमा निर्माण सम्पन्न भएको मोटरसाइकल हो। चारवटा सिलिण्डर रहेको यो बाइकमा ९९८ सिसिको इन्जिन क्षमता रहेको छ। त्यसका साथै यो मोटरसाइकलमा २० वटा भल्भ, डबल ओभर हेड क्याम तथा लिक्विड कुल्ड इन्जिन प्रयोग भएको छ।

यो मोटरसाइकल टप स्पिडमा पुग्दा २९७ किमी प्रतिघण्टा कुद्न सक्ने क्षमता रहेको जनाइएको छ। यो यामाहा आर वनले १० हजार ५ सय आरपिएममा १५२ हर्स पावर उत्सर्जन गर्छ। ६ वटा गियरको स्पिड रहेको यो मोटरबाइकमा १८ लिटरको इन्धन ट्याङकी रहेको छ।

७. कावासाकी निन्जा जेडजेड आर ११००

Kawasaki Ninja

जापानमा निर्माण सम्पन्न भएको यो मोटरसाइकलमा ४ वटा सिलिण्डरको प्रयोग गरिएको छ। यो मोटरबाइक १०५२ सिसि इन्जिन क्षमता युक्त रहेको छ। यसमा ४ वटा स्ट्रोक, डबल ओभर हेड क्याम र लिक्विड कुल्ड इन्जिन प्रयोग भएको छ।

६ गियरको स्पिड रहेको यो शक्तिशाली बाइक प्रतिघण्टा २८८ किमी कुद्न सक्छ। ११० एनएम टर्क उत्सर्जन गर्ने यो मोटरसाइकलमा १४७ हर्सपावर रहेको छ। यस कावासाकी निन्जामा २४ लिटरको फ्युल ट्याङकी रहेको छ। यो बाइकले १६.५ किमी कुद्न १ लिटर पेट्रोल खपत गर्ने एजेन्सीले जनाएको छ।

८. एप्रिलिया आरएस भि आर

Aprilia RSV 1000R Mille

विश्वकै द्रुत गतिको बाइक मध्ये उदाहरणीय बन्न सफल ९९८ सिसि क्षमताको यो स्पोर्ट मोटरबाइक २००४ मा निर्माण भएको हो। इटालीमा बनेको यो बाइकमा ट्विन इन्जिन प्रयोग भएको छ।

यसको उच्चतम गति २७८ किमी प्रतिघण्टा रेकर्ड गरिएको छ। १४१ हर्स पावर रहेको यो बाइकले १०७ एनएम टर्क उत्सर्जन गर्छ। यसमा लिक्विड कुल्ड इन्जिन, ४ स्ट्रोक, प्रति सिलिण्डर ४ भल्भ समावेश छन्। ६ गियर स्पिड रहेको यो बाइकमा ४ लिटर रिजर्भ बस्ने गरि १८ लिटरको इन्धन ट्याङक प्रयोग भएको बताइएको छ।

९. बिएम डब्लु के १२०० एस

BMW K 1200 S

यो सुन्दर मोटर साइकलको निर्माण बिएम डब्लुले गरेको हो। ४ सिलिण्डर युक्त यो मोटर बाइक अत्यन्तै शक्तिशाली रहेको कम्पनीको दावा छ। यसको इन्जिनमा १६ वटा भल्भ प्रयोग भएका छन्। यो मोटर साइकलमा प्रयोग भएको इन्जिन हरिजेन्टल र लिक्विड कुल्डले सुरक्षित छ। ११५७ सिसिको यो मोटरसाइकल बिएम डब्लुले २००७ मा बनाएको हो।

यो बाइकको तीब्र्ता प्रति घण्टा २७८ किमी रेकर्ड गरिएको छ। यस बिएम डब्लुको इन्जिनमा १६५ हर्सपावर क्षमता रहेको छ। यसको इन्जिनले १२९ एनएम टर्क पावर उत्सर्जन गर्ने बताइएको छ। १९ लिटरको इन्धन क्षमता भएको यो बाइकले ३ सेकेण्डमा १०० किमीको दुरी तय गर्न सक्नेछ।

१०. डुकाटी १०९८ एस

Ducati 1098s

इटालीमा निर्माण सफल भएको डुकाटी सन् २००७मा निर्माण सफल भएको मोटरबाइक हो। यसमा एल ट्विन सिलिण्डर र लिक्विड कुल्ड इन्जिनको प्रयोग भएको  छ। प्रति सिलिण्डर ४ वटा भल्भ प्रयोग भएको यो मोटरबाइकमा १०९९ सिसि क्षमताको इन्जिन प्रयोग भएको छ।

६ गियरको स्पिड रहेको यो बाइकले १२२ एनएम टर्क उत्सर्जन गर्छ। १५ लिटरको इन्धन क्षमता भएको यो मोटरसाइकल ३.१ सेकेण्डमा १०० किमीको गति लिन सक्ने बताइएको छ। यो बाइक प्रतिघण्टा २७३.५ किमीको गति तय गर्न सक्ने क्षमता राख्ने एजेन्सीले जनाएको छ।

एजेन्सीहरुको सहयोगमा

सम्बन्धित
Leave A Reply

Your email address will not be published.