शिखर इन्स्योरेन्सद्वारा बम्पर लाभांश घोषणा, बोनस कति ?

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई बम्पर लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट २०७७ असार मसान्तसम्म कायम चुक्तापुँजी १ अर्ब ५ करोड ७३ लाख १० हजार ६०० रुपैयाँको कुल ३८ प्रतिशतले हुन आउने ४० करोड १७ लाख ७८ हजार २८ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ३६.१ प्रतिशतले हुन आउने ३८ करोड १६ लाख ८९ हजार १२७ रुपैयाँबराबरको बोनस सेयर र १.९ प्रतिशतले हुन आउने २ करोड ८८ हजार ९०१ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्। 

यसैबीच आर्थिक वर्ष २०७७/७८ मा कम्पनीबाट हकप्रद सेयर जारी गरी चुक्तापुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँ पुगेको हुँदा उपरोक्ता लाभांश आगामी वार्षिक साधारणसभाका लागि निर्धारण हुने बुक क्लोजको मितिसम्म कायम हुने सेयरपुँजी १ अर्ब ३७ करोड ४५ लाख ३ हजार ८०० रुपैयाँमा २७.७६९ प्रतिशतले हुने बोनस सेयर र १.४६२ प्रतिशत हुन आउने नगद लाभांश गरी कुल २९.२३१  प्रतिशत हुने पनि कम्पनीले स्पष्ट पारेको छ। 

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने पनि कम्पनीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.