सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

८ चैत, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ८७ हजार दुई सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८६ हजार ७५० रुपैयाँ तोकिएको छ । चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । शुक्रबार १२७५ रुपैयाँ तोलामा कारोबार भएको चाँदीको भाउ प्रतितोला पाँच रुपैयाँले बढेर १२८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ

सम्बन्धित
Leave A Reply

Your email address will not be published.