सुनको मूल्यमा ५ सय गिरावट, चाँदी स्थिर, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्य कमजोर

सुनको मूल्य तोलामा ५ सय रुपैयाँ घटेको छ। साताको सुरुवातका दुई दिनको स्थिरतापछि मंगलबार तोलामा ३ सय बढेको थियो।

अन्तर्राष्ट्रिय बजारमा डलर बलियो हुँदा सुनचाँदीको कारोबार मूल्य भने कमजोर भएको छ। कारोबार मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा पनि घटेको हो।

बुधबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार तोलाको ९२ हजार ८ सय थियो भने आइतबार र सोमबार ९२ हजार ५ सय थियो।

चाँदीको मूल्य भने बुधबार प्रतितोला १२ सय १० रुपैयाँमा स्थिर छ। सोमबार ११ सय ९० रहेको चाँदीमा मंगलबार २० रुपैयाँको बढोत्तरी भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रतिऔंस १७८७.०२ डलर रहेको सुन कमजोर हुँदै बुधबार प्रतिऔंस १७७०.७४ डलर छ। यस्तै २२.२६ डलर प्रतिऔंस रहेको चाँदी पनि घटेर बुधबार २१.९१ डलर भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.