सुन रु. ७०० ले महँगियो, चाँदीको भाउ पनि बढ्यो

काठमाण्डौ । नेपाल बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९३ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ८०० रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९२ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँ बढेर १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २४५ रुपैयाँ कायम भएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.