सुर्या लाइफ इन्स्योरेन्सको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः ७ को अनुपातमा साविकका सेयरधनीहरुलाई जारी गर्न लागेको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनक राज ढुङ्गेल र सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

निष्काशन तथा विक्रीप्रबन्धकसँगैै एनआईसी एशिया क्यापिटलले पुँजी बजारमा लगानीकर्ताहरु माझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.