हुन्डाईको चर्चित मोडल क्रेटाको पनि इलेक्ट्रिक भर्सन बन्दै, दुई वर्षभित्रै बजारमा आउने

हुन्डाई मोटर इन्डियाले आफ्नो चर्चित मोडल क्रेटालाई इलेक्ट्रिकमा पनि ल्याउने तयारी गरेको छ । भारतीय संचारमाध्यमका अनुसार हुन्डाईले इलेक्ट्रिकमा ल्याउन लागिएको क्रेटालाई ‘टेष्टिङ’ गरिएको छ ।

हुन्डाईले ल्याउन लागेको इभी लाइनअपअन्तर्गतको हुन्डाई क्रेटा इलेक्ट्रिक यो समय समय डेभलपमेन्ट फेजमै रहेको बताइएको छ । कम्पनीले यस गाडीको बारेमा थप जानकारी सार्वजनिक गरेको छैन ।

मिडिया रिपोर्टका अनुसार टेस्टिङ गरिएको उक्त क्रेटामा साउन्ड र रेडिएटरहरू देखाइएको छैन  । बैंगलोर एक्प्रेस-वेमा उक्त गाडी क्रेटा इभीको परीक्षण भएको बताइएको छ ।

यसैगरी सेल्टोसको पनि इलेक्ट्रिक भर्सन बनाउने योजना सार्वजनिक भएको छ ।

लोकप्रियता र माग अनुसार यी दुबै गाडीका मोडलहरुले इलेक्ट्रिक सवारीको बजारमा महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ ।

हुन्डाई क्रेटा इलेक्ट्रिकको सिरिज प्रोडक्सन सन् २०२४ को अन्त्यसम्म सुरु हुन सक्ने अनुमान गरिएको छ । यसलाई सन् २०२५ मा हुने अटो एक्स्पोमा शोकेस गर्ने योजना रहेको बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.