अमेरिकी डलरको विनिमय दर यथावत्

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियम दर शनिबारकै यथावत् राखेको छ। राष्ट्र बैंकका अनुसार आइतबारका लागि अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १५ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ। शुक्रबार र शनिबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यस्तै आइतबार युरो १ को खरि दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा निर्धारण छ। उक्त विनिमय दर पनि शुक्रबार र शनिबारकै यथावत् रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९४ पैसा तथा बिक्री दर १६८ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ।

exch-1711848355.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.