एक पटकको चार्जले तीन दिनसम्म चल्ने अनर एक्स ७ बी नेपाली बजारमा सार्वजनिक

ग्लोबल टेक्नोलोजी ब्रान्ड अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो नयाँ बजेट स्मार्टफोन अनर एक्स ७ बी सार्वजनिक गरेको छ।

लामो समयसम्म चल्ने ६००० एमएएच ब्याट्री, १०८ एमपी मेन क्यामेरा र २५६ जिबी स्टोरेज सहितको अनर एक्स ७ बी अर्ली–बर्ड अफरको साथ नेपाली बजारमा सार्वजनिक भएको हो।

६००० एमएएच अल्ट्रा–लार्ज ब्याट्री भएको अनर एक्स ७ बिले डिएक्सओ मार्कबाट ब्याट्रीमा गोल्ड लेबल पाएको छ। जसले एक चार्जमा ३ दिनसम्म ब्याट्री चल्ने जनाएको छ।

यसले आजसम्मका सबै अनर एक्स सिरिजका स्मार्टफोनहरूमध्ये उत्कृष्ट ब्याट्री जीवन प्रदान गर्दछ। एकल चार्जमा १८ घण्टासम्मको भिडिओ स्ट्रिमिङ, २४ घण्टा सोशल मिडिया ब्राउजिङ वा ६९ घण्टा संगीत स्ट्रिमिङलाई समर्थन गर्न सक्छ।

यसमा १र१।६७–इन्च सेन्सरको साथ १०८ एमपी मुख्य क्यामेरा छ। यसले १।९२ युएम मापनको पिक्सेल साइज प्राप्त गर्न ९ इन वान पिक्सेल बिनिङलाई समर्थन गर्दछ।

जसले कम प्रकाशको चुनौतीपूर्ण अवस्थामा पनि क्यामेरालाई उज्यालो र ज्वलन्त शटहरू खिच्न सक्षम पार्छ। अगाडि भने हामी ८ एमपी सेल्फी क्यामेरा पाउन सक्छौं।

यसमा २५६ जिबी स्टोरेज रहेको छ, जसमा ६० हजार तस्बिरहरू, २४ हजार गीत वा ९५० एचडी भिडिओहरू राख्न सकिने कम्पनीले बताएको छ।

यो फोनमा अनर र्‍याम टर्बो ९८ जिबीं८ जिबी० छ। यसले फ्ल्यास मेमोरीको एक भागलाई र्‍याममा सार्न सक्छ, जसको अर्थ ८ जिबी र्‍यामलाई १६ जिबीमा बढाउन सकिन्छ।

अनर एक्स ७ बी तीन रंगहरू फ्लोइङ सिल्भर, इमराल्ड ग्रीन ९हरियो० र मिडनाइट ब्ल्याक ९कालो० मा उपलब्ध छ।

सेलट्रोन नेपालले अनर एक्स७बी को मूल्य ९८ं८० जिबी भरियन्टका लागि २३ हजार ९९९ रूपैयाँ निर्धारण गरेको छ। अर्ली बर्ड अफर अन्तर्गत ग्राहकहरूले यो फोन २२ हजार ९९९ रूपैयाँमा प्राप्त गर्न सक्नेछन्।

उक्त अफर चैत १८ ९मार्च ३१० सम्म लागू हुने कम्पनीको भनाइ छ।

यो फोन अफलाइन र अनलाइन प्लेटफर्महरू मार्फत खरिद गर्न सकिन्छ। अफलाइनको लागि यो अधिकृत खुद्रा पसलहरू तथा अनलाइनमा दराज र हुकुटमार्फत् खरिद गर्न सकिन्छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.