एनएमबि बैंकले घोषणा गर्‍यो लैङ्गिक समता र सामाजिक समावेशीकरण योजना

एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धतालाई प्रवर्द्धन गर्दै लैङ्गिक समता तथा सामाजिक समावेशीकरण ९जिइएसआई० योजना सार्वजनिक गरेको छ।

बैंकले सार्वजनिक गरेको उक्त नीतिले समाजमा विविधता प्रवर्द्धन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैङ्गिक समानतालाई प्रोत्सान गरेको छ।

जिइएसआइले समग्र बैंकिङ प्रणाली लगायत आफ्ना कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकताहरू पूरा गर्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउने विषयमा बैंक विश्वस्त रहेको बताएको छ।

बैंकले लैङिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगञ्जस्थित शाखाहरूमा फरक ढंगले सक्षम ग्राहकहरूलाई व्हिलचेयर र्‍याम्प स्थापना गरेको छ।

साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व कार्यक्रम समेत सुरुवात गरेको छ।

 

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधा सहितको आकर्षक कर्जा पनि उपलब्ध गराएको छ।

बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा यसअघि नै घोषणा गरेको छ।

बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खाता लगायतका प्रदेश केन्द्रित बचत खाताहरू चल्तिमा ल्याइसकेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.