कीर्तिमानी मूल्यमा बिटक्वाइन, किन बढ्दै छ मूल्य ?

एजेन्सी । भर्चुअल मुद्राका रुपमा प्रचलनमा रहेको बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको मितिसम्म बिटक्वाइनको मूल्य ७१ हजार ८०० अमेरिकी बिन्दुमा पुगिसकेको छ । अघिल्लो पटक मूल्य उच्च बिन्दुमा पुगेको तीन वर्षपछि पुनः बिटक्वाइनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको हो ।

अघिल्लो पटक सन् २०२१ को नोभेम्बर १२ मा बिटक्वाइनको मूल्यले ६४ हजार ४०० को बिन्दु भेट्टाएको थियो । उक्त समयमा सोही वर्ष सन् २०२१ कै मार्च १२ मा कायम ६१ हजार २८३ अमेरिकी डलरको बिन्दुलाई पार गरेको थियो । सन् २०१५ देखि मूल्य मापन गर्न थालेको बिटक्वाइनको भाउ त्यसयता निरन्तररुपमा उकालो लाग्दै छ ।

सन् २०२१ को नोभेम्बरमा उच्च बिन्दुको कीर्तिमान बनाएको बिटक्वाइनले त्यसपछिको २ वर्ष भने सङ्घर्ष गर्नुपर्‍यो । कीर्तिमानी मूल्य कायम भएपछि निरन्तर घट्न थालेको मूल्य सन् २०२२ को डिसेम्बर ९ सम्म आइपुग्दा १६ हजार ९०० अमेरिकी डलरसम्म आइपुग्यो । यो सन् २०२० को नोभेम्बर १३ मा कायम मूल्यको बराबरी थियो ।

यतिबेला बिटक्वाइन कारोबारीमा ‘बुलिस’ मनोभाव देखिन्छ । खासगरी, यही वर्ष सन् २०२४ को मध्य जनवरीमा अमेरिकाको ‘सेक्युरिटी एण्ड एक्सचेन्ज कमिसन’ ९एसईसी०ले ११ स्पट बिटक्वाइन ‘एक्सचेन्ज ट्रेड फण्ड’ ९ईटीएफ०लाई अनुमति दियो । यसको अर्थ अमेरिकामा बिटक्वाइनको वर्तमान मूल्यमा रहेर संस्थागत व्यापार गर्न अनुमति मिल्नु हो । यससँगै, विश्वको सबैभन्दा पुरानो ‘क्रिप्टोकरेन्सी’को मूल्य बढ्न महत्त्वपूर्ण अवसर मिल्यो । अनुमति पाउनसाथ ‘ब्लाकरक’को प्रबद्र्धनमा स्थापना भएको आईसेयर बिटक्वाइन ईटीएफले एकैदिन ७७८ अमेरिकी डलर बिटक्वाइन उठ्यो ।

आइसेयरले आईसेयर बिटक्वाइन ट्रस्ट नै स्थापना गरेर निरन्तर मिलियन डलरको बिटक्वाइन उठाइरहेको छ । समाचार संस्था याहू डटकमका अनुसार आईसेयरले प्रतिसाता मिलियन डलर बिटक्वाइनमा लगानी गर्दै आइरहेको छ । यससँगै, विश्व बजारमा बिटक्वाइनको माग ह्वात्तै बढाएको समाचार संस्था फोर्स लेख्छ । अमेरिकाको एसईसीले ११ स्पट बिटक्वाइन ईटीएफलाई क्रिप्टोकरेन्सी कारोबारको अनुमति दिएपछि यसको ५० हजार अमेरिकी डलरभन्दा तलबाट बढेर ७१ हजार डलर पुग्यो ।

बिटक्वाइनको मूल्यमा छिट्टै करेक्सन आउँछ रु

निरन्तर बढेर कीर्तिमानी मूल्य कायम गरेसँगै ‘ट्रेडर’हरुमा ह्वात्तै घट्ने डर समेत देखिन्छ । जबकि, अमेरिकाले ११ स्पट बिटक्वाइन ईटीएफलाई अनुमति दिएयता तीव्र गतिमा दिनदिनै नयाँ कीर्तिमानी मूल्य कायम गर्दैछ । बिटक्वाइनसहित सबैजसो क्रिप्टोकरेन्सीले सन् २०२२ यता अमेरिकामा ‘बैंकरप्ट’ घटना बढेसँगै मूल्यमा सङ्घर्ष गरेका थिए । यसको पहिलो सिकार टेर्रा लुना भयो । यसलाई क्रिप्टोमा ‘सर्दी’ सुरु भएको उदाहरणका रुपमा लिइन्छ ।

लुनापछि क्रिप्टो करेन्सीको कारोबार थलो ‘क्रिप्टो एक्सचेन्ज एफटीएक्स’को पतन भयो । जसलाई क्रिप्टो दुनियाँको ‘कफन’ भनिन्छ । लगातार क्रिप्टो करेन्सी संकटमा पर्न थालेपछि अमेरिकाको नियामकले यसको कारोबारका लागि भनेर नयाँ व्यवस्था ल्यायो । जसबाट विश्वभरका क्रिप्टो करेन्सीको कारोबार विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र भएको मुलुकमा कारोबारमा समस्या आयो । सोही अवधिमा ६५ हजार डलरबाट घटेर बिटक्वाइनको मूल्य १६ हजार डलरमा आइपुगेको थियो । यो ७५ प्रतिशतसम्मको गिरावट हो ।

जबकि बिटक्वाइन मुद्रा होइन

बिटक्वाइनको मूल्यमा जति नै उछाल आए पनि यो कुनै पनि देशको आधिकारिक मुद्रा होइन । यद्यपि, विश्वका धेरैजसो देशले यसको कारोबारलाई स्वीकृति दिइसकेका छन् । सन् २०२३ सम्ममा विश्वका साढे २ दर्जन मुलुकमा यसको कारोबारका लागि अनुमति छ । जबकि, अधिकांश मुलुकले यसलाई प्रतिबन्ध नै लगाइरहेका छन् । – एजेन्सीहरुको सहयोगमा

सम्बन्धित
Leave A Reply

Your email address will not be published.