कनेक्ट आइपिएसमा जुनोको क्रस बोर्डर रिक्वेस्ट टु पे सुरू

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूबाट प्रवर्द्धित नेपाल क्लियरिङ हाउस लिमिटेडले अमेरिकाको जुनो र ठमेल रेमिटमार्फत् क्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ।

एनसिएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्ल्याट्फर्म कनेक्ट आइपिएसमा थप सेवाको रूपमा सुरू गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ सोलुसन हो।

जसबाट नेपालको ग्राहकहरूले संयुक्त राज्य अमेरिकामा रहेका भुक्तानीकर्ता व्यक्ति, व्यवसाय वा संस्थासँग सजिलै भुक्तानी रिक्वेस्ट पठाउन र भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।

यसरी नेपालको राष्ट्रिय स्तरको भुक्तानी पूर्वाधारमा क्रस बोर्डर रिक्वेस्ट टु पेलाई एक्सयुएनओसँग इन्टिग्रेट गरी अमेरिकामा रहेको नियो बैंकिङ नेटवर्कमा रहेका बैंकहरूबाट भुक्तानी प्राप्त गर्न सकिने सेवाको थालनी गर्ने एनसिएचएल र जुनो पहिलो संस्था बनेको छ।

रिभर्स रेमिटेन्स सुविधाको रुपमा रहेको यस सेवामार्फत् नेपालका लाभग्राहीहरूले संयुक्त राज्य अमेरिकाका भुक्तानीकर्तालाई भुक्तानी अनुरोध पठाउन र कनेक्ट आइपिएस प्ल्याट्फर्ममार्फत् नेपालमा तोकिएको बैंक खातामा रियल टाइममा भुक्तानी प्राप्त गर्न सक्नेछन्।

उक्त सुविधा रियल टाइम क्रस बोर्डर रेमिटको क्षेत्रमा एक महत्त्वपूर्ण कोषेढुंगाको रूपमा लिइएको छ।

एनसिएचएलको एनपिआइमा समेत उपलब्ध उक्त सेवालाई सम्बन्धित मोबाइल बैंकिङ तथा वालेटमा समेत क्रमिक रूपमा विस्तार गरिने बताइएको छ।

एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले भने, ुआज, प्रविधि र कनेक्टिभिटीको पहुँच भए पनि अन्तर्राष्ट्रिय बैंकहरूबाटभुक्तानीरियल टाइममा गर्न सकेका छैनन्, जसले गर्दा ग्राहकहरूलाई अन्तर्राष्ट्रिय भुक्तानीमा निकै असुविधा भइरहेको छ। जुनो सँगको साझेदारी पश्चात नेपालको भुक्तानी प्रणालीलाई विश्व बजारको भुक्तानी प्रणालीहरूसँग तथा नेपाललाई विश्वव्यापी अर्थतन्त्रमा जोडी लाभग्राहीहरूलाई प्रत्यक्ष रूपमा सबलीकरण गर्न सकिनेछ।ु

जुनोको आरटुपिएक्स रकम पठाउने र प्राप्त गर्ने बैंकहरूबीच प्रत्यक्ष रियल–टाइम कनेक्सन स्थापना गरी लाभग्राहीहरूले इच्छाइएको रकम, भुक्तानीको उद्देश्य र प्राप्त गर्ने बैंकको जानकारी जस्ता विवरणहरू दाखिला गरी सजिलैसँग भुक्तानीको रिक्वेस्ट पठाउन र सो बापत बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्छन्।

जुनोका संस्थापक बालकृष्ण जोशीले भने ुहामी उत्कृष्ट श्रेणीको प्रविधिमार्फत् भुक्तानी तथा बैंकिङ क्षेत्रमा आमुल परिवर्तन गर्न प्रतिबद्ध रहेकोमा एनसिएचएलसँगको यस सहकार्यले हामीलाई थप उत्साहित बनाएको छ। यो सहकार्यमार्फत् हामीले नेपाललाई क्रस–बोर्डर पेमेन्टसँगै बोर्डरलेस अर्थतन्त्रमा पनि फड्को मार्न मद्दत गर्ने विश्वास लिएका छौं।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.