कर्मचारीलाई २९ करोड रुपैयाँ बोनस बाँड्ने

काठमाडौं । नेपाल आयल निगमले कर्मचारीलाई २९ करोड रुपैयाँ बोनस बाँड्ने भएको छ ।

पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकार रहेको निगमले नाफा कमाएको रकमबाट कर्मचारीलाई बोनस रकम वितरण गर्न लागेको हो । गत दुई आर्थिक वर्षको मुनाफाबाट २९ करोड रकम कर्मचारीलाई बोनसस्वरूप बाँड्ने तयारी भइरहेको निगमले जानकारी दिएको छ ।

बोनस ऐनअनुसार नाफाको एक प्रतिशत कर्मचारीलाई बोनसका रूपमा वितरण गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार निगमले गत दुई आर्थिक वर्षको २९ करोड ९ लाख ८६ लाख रुपैयाँ कर्मचारीलाई बोनस वितरण गर्न लागेकोे छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.