तोलामा १ हजार १ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्यमा एक हजार १०० रुपैयाँले वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला ९६ हजार ४०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । 

छापावाला सुन सोमबार प्रतितोला ९५ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला ९५ हजार ९ सय रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

यस्तै चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३५ रुपैयाँमा कारोवार भएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा सोमबार कारोवार भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.