धनगढीमा फोटोनको सेल्स, सर्भिस र पार्ट्ससहितको नयाँ शोरूम

फोटोन गाडीको अधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले धनगढीमा नयाँ थ्रिएस शोरूम उद्घाटन गरेको छ।

विस्तारित नेटवर्कबाट ग्राहकहरुले सेल्स, सर्भिस, पार्ट्सको सम्पूर्ण सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

धनगढी र सो आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले बडिमालिका ट्रेडिङ कन्सर्न प्रालिमार्फत नयाँ ३एस शोरुम नेटवर्क सञ्चालनमा ल्याएको हो।

चैत १६ मा एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ।

नयाँ शोरुममा फोटनको नेपाली बजारमा सबै मोडल उपलब्ध हुनेछन् । फोटोनसंग हाल बजारमा कम्वसन इन्जिन जडिति र इलेट्रिक दुवै सेग्मेन्टका गाडीहरु उपलब्ध छन्।

इलेट्रिकमा १४ र १५ सिटर प्याशेनजर भ्यान, कार्गो भ्यान र ईभी ट्रक ‘टीएम १’ लोकप्रिय मोडल हुन् ।

नयाँ शोरुमबाट बिक्री र बिक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् ।

यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधासम्पन्न शोरुम सञ्चालनमा आएपछि ग्राहकलाई गाडी खरिद र बिक्रीपछि सेवा पाउन सहज हुने कम्पनीले विश्वास लिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.