नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन्।

मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको दाबी गरे।

ुपछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको छ, उद्योगी व्यवसायीहरू सकारात्मक भएका छन्,ु प्रधानमन्त्री प्रचण्डले भने, ुअर्थतन्त्र चलयमान र दबाबमुक्त पनि भएको छ।ु

नीति तथा कार्यक्रम एवं वार्षिक बजेट बनाउने परम्परागत ढाँचा परिवर्तन गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले अब प्रभावकारी कार्यक्रम तयार गर्न र नतिजा आउने गरी बजेट विनियोजन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए।

उनले आगामी आर्थिक वर्षदेखि तीन करोडभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने जानकारी गराए।
आगामी आर्थिक वर्षमा मधेश प्रदेशका लागि नयाँ र विशेष ुप्याकेजु तयार गर्न आफूले निर्देशन दिएको उनको भनाइ छ।

माओवादी केन्द्रले सरकारको नेतृत्व गरेसँगै सुशासनका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको उनको दाबी छ।

ुमिटरब्याज पीडितका समस्या समाधानतर्फ गएको छ, नागरिकतासम्बन्धी समस्या समाधान भएका छन् र भुटानी शरणार्थी एवं सुनकाण्डजस्ता विषयमा छानबिन गरी दोषीमाथि कारबाही गरिएको छ,ु उनले भने।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.