सोमबार सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुन–चाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला एक हजार रूपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

आइतबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।

आइतबार प्रतितोला १४ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.