बढ्यो अमेरिकी डलरको विनिमय दर

काठमाडौं। नेपाली बजारमा अमेरिकी डलरको विनिमय दर बढेको छ। नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी विनिमय दरअनुसार शुक्रबारका लागि अमेरिकी डलर १ को नेपाली खरिद १३३ रुपैयाँ १५ पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७५ पैसा तोकिएको छ। बिहीबार अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १० पैसा तथा बिक्री दर १३३ रुपैयाँ ७० पैसा रहेको थियो।

शुक्रबारका लागि युरो १ को नेपाली खरिद दर १४३ रुपैयाँ ७२ पैसा तथा बिक्री दर १४४ रुपैयाँ ३७ पैसा तोकिएको छ। त्यस्तै पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८ पैसा तथा बिक्री दर १६८ रुपैयाँ ८३ पैसा तोकिएको छ। यसअघि बिहीबार पाउन्ड स्टर्लिङको खरिद १६८ रुपैयाँ १९ पैसा तथा बिक्री १६८ रुपैयाँ ९४ पैसा थियो।

ex11-1711675925.JPG

सम्बन्धित
Leave A Reply

Your email address will not be published.