बिटक्वाइनको मूल्य ६ महिनामै दोब्बरले बढ्यो, १ लाख डलरसम्म पुग्न सक्ने

काठमाण्डौ । विश्वको सबैभन्दा लोकप्रिय क्रिप्टोकरेन्सी बिटक्वाइनको भाउ ६ महिनामै डबल भएको छ।

केही समययता बिटक्वाइनको मूल्यमा तीव्र उछाल आइरहेको छ। आज यो डिजिटल मुद्राको भाउ ६७८०३ डलर पुगेको छ। जुन ६ महिनाअघिको तुलनामा डलब हो र हालसम्मकै उच्च पनि।

यसअघि गत अप्रिलमा बिटक्वाइनको भाउ ६४८८९ डलरमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च थियो।

त्यसपछि बिटक्वाइनको मूल्यमा लगातार गिरावट आएको थियो। यसको मूल्य ३० हजार डलरसम्म झरेको थियो।

अब बिटक्वाइनको मूल्य छिटै १ लाख डलर पुग्ने जानकारहरुको अनुमान छ। उनीहरुका अनुसार डिसेम्बरको अन्त्यसम्म बिटक्वाइनको भाउ १.३५ लाख डलर पुग्ने सम्भावना छ। – एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.