मुक्तिनाथ विकास बैंकद्वारा धादिङको विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धि गर्न धादिङ जिल्लाको विभिन्न स्थानहरूमा बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले धादिङको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुउद्देश्य सहकारी संस्थामा आवद्ध महिलाहरूलाई र थाक्रे गाउँपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीय बासीहरूलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो।

उक्त कार्यक्रमहरूमा बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरू, डिजिटल बैंकिङ प्रविधि र बैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबारबारे चेतना तथा पहुँच पुर्‍याउने उद्देश्य बैंकले लिएको छ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.