९ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड

काठमाडौं । चैत मसान्तसम्म एनआइसी एशिया बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो ।

गत आवको सोही अवधिमा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.९५ प्रतिशतले घटेर ८ अर्ब १८ करोड ८१ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा ३७.३१ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड ५२ लाख ७७ हजार रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खराब कर्जा बढेर १.७६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.७४ प्रतिशत रहेको थियो ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.