वेस्टर्न युनियन मनी ट्रान्सफरले ल्यायो नयाँ वर्ष अभियान

वेस्टर्न युनियन मनी ट्रान्सफरले नयाँ वर्षको अवसरमा ुनगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्ु अभियान ल्याएको छ।

मनी ट्रान्सफरले नयाँ वर्षको उत्सवमा ग्राहकहरूको खुशी बढाउने लक्ष्य सहित उक्त योजना ल्याएको हो।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले वेस्टर्न युनियन मनी ट्रान्सफर सेवाका १५ हजारभन्दा बढी भुक्तानी काउन्टरहरूमध्ये कुनैबाट आफ्नो रेमिटेन्स प्राप्त गर्नुपर्नेछ।

अभियान अवधिका प्रत्येक कारोबारहरू स्वतः रूपमा साप्ताहिक र बम्पर ड्रको लागि समावेश हुनेछन्। यो योजना नेपालभर चैत १२ गतेदेखि सुरू भइ २०८१ को वैशाख १८ गतेसम्म लागू हुनेछ।

यस योजना अन्तर्गत पाँच हप्तासम्म हरेक हप्ता सात जना भाग्यशाली ग्राहकहरूले साप्ताहिक लक्की ड्रमार्फत् १५ हजार रूपैयाँ जित्न सक्नेछन्। अभियानको अन्त्यमा एक भाग्यशाली विजेताले बम्पर ड्र मार्फत् एक लाख रूपैयाँ जित्न सक्ने कम्पनीको भनाइ छ।

वेस्टर्न युनियन मनी ट्रान्सफर २७ वर्षभन्दा बढी समयदेखि नेपालीहरूलाई २०० भन्दा बढी देश र क्षेत्रहरूबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.